१५ आश्विन २०७९, शनिवार

अवैध चोरी निकासीले पाँचऔले लोप हुँदै

२०७४,आश्विन,२३,सोमवार ०७:१३

0
Shares

आठराई, तेह्रथुम, २३ असोज ।तेह्रथुमसहित उच्च पहाडी भेगमा पाइने बहुमूल्य जडीबुटी पाँचऔले लोप हुँदै गएको छ । अन्तर्राष्ट्रिय बजारमा यसकोे मूल्य अकासिएपछि अवैध चोरी निकासी बढेकाले यो वनस्पति लोप हुँदै गएको हो ।कोशी पहाडका तेह्रथुम र संखुवासभा, मेची पहाडका ताप्लेजुङ र पाँचथरका उच्च क्षेत्रमा पाइने पाँचऔंलेको मूल्य अकासिएकाले समय अगावै टिप्न थालेपछि जंगलमा बीउ समेत मासिन थालेको तीनजुरे हात्तीसार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बरबहादुर बुढाथोकीले बताए ।जंगलमा पाइने पाँचऔंले चोरी निकासी भएर ताप्लेजुङ र संखुवासभाको माथिल्लो क्षेत्रको नाका हुँदै चीन र तिव्बत्तर्फ समेत पुग्ने गरेको छ ।लहरा प्रजातिको वनस्पति पाँचऔंले जेठ, असार महिनामा फूल्छ भने यसको फल असोज महिनामा टिप्नुपर्छ । खासगरी मधुमेह, वीर्यमा शुक्राणुको कमी, आउँ, खोकी, ज्वरो, पिसाब सम्बन्धी समस्या, पक्षघात, क्षयरोग, नशा सम्बन्धी रोग निवारणका लागि यो जडिबुटीकोे प्रयोग गरिन्छ ।जडीबुटीकै राजा मानिने पाँचऔंले जिल्लाको तीनजुरे, चित्रे, लसुने, देउराली, जुरेलगायतका लेकको जंगलमा पाइन्छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार ०७:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । कर्णाली प्रदेशका प्रमुख तिलक परियार क्यानडा भ्रमणमा जाने भएका छन् । क्यानडाको ओटावामा असोज १९ र २० गते

काठमाडाैं । विजयादशमीलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष साहसँग मिलेर दसैंँ विशेष ५ वटा रेसिपीहरु तयार गरेको

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच भएको छैठौं समन्वयात्मक बैठक बिहीवार सम्पन्न भएको

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका-७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुख्खा पहिरो खसेपछि त्रिशूली-गल्छी सडक अवरुद्ध बनेको छ । जिल्ला

ताजा समाचार