नेपाल भर्सेज भारत : पहिलो हाफमा नेपाललाई एक गोलको अग्रता

लोकपथ
847
Shares

काठमाडौं । नेपाल र भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । नेपालको घरेलु मैदान दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा अन्जन विष्टको गोलमा ३६ औं मिनेटमा नेपालले अग्रता लिएको हो ।

पहिलो हाफमा नेपालले तीन सर्ट अन टार्गेट प्रहार गरेको थियो भने भारतले एक सर्ट अन टार्गेट प्रहार गरेको थियो । भारतीय कप्तान सुनील क्षेत्रीले अहिलेसम्म सर्ट अन टार्गेट प्रहार गर्न सकेका छैनन् । नेपालमा सुमन लामाले पहिलो हाफको इन्ज्युरी समयमा उत्कृष्ट प्रहार गरेका थिए । उक्त प्रहार भारतीय गोल किपर गुरपित सिंहले बचाउ गरेका थिए ।

१३ औं संस्करणको साफ च्याम्पियनसिपको तयारी खेलको रूपमा नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। खेल मैत्रीपूर्ण भनिए पनि यी दुई छिमेकी राष्ट्रबीचको खेल जहिले पनि ‘हाई इन्टेन्सिटी’को रहने गरेको छ ।

नेपाल र भारतले अहिलेसम्म आधिकारिक रूपमा १९ खेल खेलेका छन्। जसमध्ये भारतले १३ खेल जित्दा नेपालले मात्र दुई खेल जित्न सफल भएको छ। साफ च्याम्पियनसिपकै इतिहास हेर्ने हो भने पनि १२ वटा प्रतियोगितामा भारतले ७ पटक उपाधि आफ्नो कब्जामा पार्न सफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?