नेप्सेमा दुई बैंकको ऋणपत्र सूचीकृत

लोकपथ
52
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बिहीबार) २ बैंकको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेका अनुसार लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकको ३२ लाख ५० हजार इकाई ऋणपत्र सूचीकृत भएको हो ।

बिहिबार नेप्सेमा “८.५ प्रतिशत लक्ष्मी बैंक डिबेञ्चर २०८८” काे २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । बैंकले असार २८ गतेबाट साउन ५ गतेसम्म २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र बिक्री गरेको थियो । सोही ऋणपत्र सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

त्यसैगरी, “८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर २०८४/८५” काे १२ लाख ५० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । बैंकले साउन ७ गतेबाट २१ गतेसम्म १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार इकाई ऋणपत्र बिक्री गरेको थियो । सोही ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?