दार्चुला । नेपाली कांग्रेसका नेता दिलेन्द्र बडुको गृह जिल्ला दार्चुलामा २२ गतेसम्मका लागि वडा अधिवेशन सारिएको छ । दुहुँ गाउँपालिका लगायत केही स्थानीय तहमा पहिरोले क्षति पुर्याएपछि २२ गतेसम्मका लागि वडा अधिवेशन सारिएको हो ।
भदौ २२ गतेदेखि सुरु हुने कांग्रेस दार्चुलाको सातौँ जिल्ला अधिवेशन सफल पार्न विभिन्न समितिहरु गठन गरिएको छ ।
मंगलबारबाट बसेको कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाको बैठकले अधिवेशन सम्पन्न गर्न मुल आयोजक समिति, प्रचार–प्रसार समिति र आर्थिक व्यवस्थापन समिति गठन गरेको सचिव हरक सिंह बिष्टले जानकारी दिए ।
त्यस्तै बैठकले नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति ललित सिंह बोहराको संयोजकत्वमा पाँच सय एक सदस्यीय मुल आयोजक समिति गठन गर्ने निर्णय गरेको थियो ।
दार्चुलामा भदौ २२ गते वडा अधिवेशन, २७ गते पालिका अधिवेशन, असोज १ गते क्षेत्रीय अधिवेशन तथा असोज ५ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया