सेयर धितो कर्जा सीमा हटाउन माग गर्दै अर्थ मन्त्रालय पुगे लगानीकर्ता

लोकपथ
65
Shares

काठमाडौं । सेयर धितो कर्जाको सीमा हटाउन माग नेपाल इन्भेष्टर्स फाेरमका लगानीकर्ताहरू अर्थ मन्त्रालय पुगेका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत व्यवस्था गरेको सेयर धितो कर्जाको सीमा खारेजीकाे माग गर्दै नेपाल इन्भेष्टर्स फोरमको टोली मन्त्रालय पुगेको हो ।

नेपाल राष्ट्र बैंकले माैद्रिक नीति, २०७८ र एकीकृत निर्देशिका जारी गर्दै कुनै पनि एक व्यक्ति वा संस्थाले कुनै एउटा वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जामात्र लिनसक्ने व्यवस्था गरेको थियो। सो पश्चात सेयर बजारमा निरन्तर गिरावट आईरहेको छ ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालसहित निवर्तमान अध्यक्ष छोटेलाल रौनियार, उपाध्यक्ष राजन लम्साल र महासचिव दुर्गा तिवारी नेतृत्वमा गएको टोलीले आज (बिहिबार) अर्थमन्त्री जनार्दन शर्माका सल्लाहाकार सुरेन्द्रकुमार उप्रेतीलाई भेटेर सेयर धितो कर्जाको सीमा तत्काल हटाउन माग गर्दै विज्ञप्ति बुझाएका हुन् ।

याे नीतिका कारण सेयर बजारमा पर्न सक्ने दीर्घकालिन असरबाट सेयर बजारलाई जाेगाउन र सम्पूर्ण लगानीकर्ताहरूलाई लगानीकाे वातावरण बनाउन उनीहरुले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?