अन्जन विष्टको गोलमा नेपाललाई अग्रता

लोकपथ
2.2k
Shares

काठमाडौं। नेपाल र भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । नेपालको घरेलु मैदान दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा अन्जन विष्टको गोलमा ३६ औं मिनेटमा नेपालले अग्रता लिएको हो ।

१३ औं संस्करणको साफ च्याम्पियनसिपको तयारी खेलको रूपमा नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

खेल मैत्रीपूर्ण भनिए पनि यी दुई छिमेकी राष्ट्रबीचको खेल जहिले पनि ‘हाई इन्टेन्सिटी’को रहने गरेको छ ।

No description available.

नेपाल र भारतले अहिलेसम्म आधिकारिक रूपमा १९ खेल खेलेका छन्। जसमध्ये भारतले १३ खेल जित्दा नेपालले मात्र दुई खेल जित्न सफल भएको छ। साफ च्याम्पियनसिपकै इतिहास हेर्ने हो भने पनि १२ वटा प्रतियोगितामा भारतले ७ पटक उपाधि आफ्नो कब्जामा पार्न सफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?