नेपालमा कोरोना : थप २ हजार ४ जनामा संक्रमण पुष्टि, कति निको भए ?

लोकपथ
483
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ६५० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर एक हजार  ८४६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ।

देशभर ३३ हजार ९३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार ६१९ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा दुई हजार ३२७ संक्रमित छन् भने ५४४ जना आइसियुमा र १६६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?