प्रदेश २ : एमालेका १० सांसदले गरे नेकपा (एस) को पक्षमा सनाखत

लोकपथ
56
Shares

जनकपुरधाम । प्रदेश २ मा नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

उनीहरु बिहीबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा गएर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

एकीकृत समाजवादी रोज्ने सांसदहरुमा शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तव छन् ।

प्रदेशमा नेकपा एमालेका २१ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?