नेप्सेमा १२ लाख कित्ता सेयर सूचीकृत

लोकपथ
377
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार कम्पनीको १२ प्रतिशत बोनस सेयर वापतको १२ लाख कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावित लाभांश कम्पनीको जेठ २८ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट पारित भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?