देउवाको गृहजिल्लामा वडा अधिवेशन अनिश्चित

लोकपथ
28
Shares

डडेल्धुरा । नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लामा भोलि देखि हुने पार्टीको वडा अधिवेशन अनिश्चित बनेको छ ।

पार्टीको क्रियाशिल सदस्यताको विवरण प्राप्त नहुँदा अधिवेशन कहिले गर्ने भन्ने टुङ्गो नलागेको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।

प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले क्रियाशिल सदस्यताको विवरण आएपछि जिल्ला बैठक, वडामा छलफल गरेर मिति तय गरिने बताए ।

त्यस्तै बैतडीमा भने निर्धारित मितिभन्दा अधिवेशन केही ढिलो हुने भएको छ। अधिवेशनको लागि आवश्यक तयारी नपुगेको भन्दै २१ गते मात्र सबै वडामा अधिवेशन गर्ने निर्णय भएको कांग्रेस बैतडीका सचिव वीरवहादुर विष्टले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?