काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका गगन थापा रामचन्द्र पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका छन् ।
पौडेल समूहले आज एकताको सन्देश दिनका लागि पत्रकार सम्मेलनको आयोजना गरेको हो । संस्थापन इतर समूह एक भएर महाधिवेशनमा उम्मेदवार चयन गर्ने कसरतमा रहेको छ । पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती दिने हो भने साझा उम्मेदवार उठाउनुपर्ने सो समूहको निष्कर्ष रहेको छ ।
यसअघिको महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको क्याम्पबाट लडेका थापा पौडेल समूहको पत्रकार सम्मेलनमा उपस्थित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया