अफगानिस्तानमा ५ म्याग्नीच्युडको भूकम्प

लोकपथ
84
Shares

काठमाडौं । अफगानिस्तानको फाएजाबादबाट ५७ किलोमिटर उत्तरपश्चिममा रेहको स्थानमा ५ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) बिहीबार जानकारी दिएको छ ।

ग्रीनवीच समयानुसार ०४ः५ सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराईमा ३७.६१३३ डिग्री उत्तरी अक्षांश र ७०.३७८१ डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।

भूकम्पबाट धनजनको क्षति भएको कुनै समाचारमा हालसम्म प्राप्त भएको छैन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?