सेयर बजारमा भारी गिरावट

लोकपथ
117
Shares

काठमाडौं । सेयर बजारमा अन्तिम कारोबार दिन आज (बिहीबार) पनि गिरावट आएको छ। बुधबार झिनो अंकले बढेको बजारमा फेरि गिरावट आएको हो । नेपाली सेयर बजार केही दिनयता दिनहुँजसो घटिरहेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५०.१३ अंकले घटेर २९२६.८९ बिन्दुमा आइपुगेको छ । आज नेप्से परिसूचक १/६९ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । यस्तै, सेन्सेटिभ परिसूचक ८.९० अंकले घटेर ५४१.७७ बिन्दुमा पुगेको छ ।

आज कुल २३० कम्पनीको एक करोड ८१ लाख ९ हजार ९६७ कित्ता सेयर खरिदबिक्री ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सानिमा लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, मनकामना स्मार्ट लघुवित्त, चन्द्रागिरी हिल्सलगायतका लगानीकर्ताले सर्वाधिक कमाउँदा नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, अरुण कावेली पावरलगायतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?