यमनमा विद्रोही र सरकार समर्थक सेनाबीच झडप, ६५ जनाको मृत्यु

लोकपथ
154
Shares

काठमाडौं । यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबीच जारी रहेको झडपको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको एक सैन्य अधिकारीले बिहीबार एएफपी समाचार समितिलाई बताएका छन् ।

ती सैन्य अधिकारीका अनुसार झडपमा २२ सरकारी समर्थक सेनाको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन् । ४८ घण्टासम्म जारी रहेको झडपमा ४८ हुथी विद्रोही मारिएको सरकारी सेनाका अधिकारीले जानकारी दिएका छन् ।

यमनमा हुथी विद्रोहीले सन् २०१४ बाट शुरु गरेको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?