नाइजेरियामा बन्धुकधारी अपहरणकारीले गरे ७३ विद्यार्थी अपहरण

लोकपथ
112
Shares

काठमाडौं । नाइजेरियामा बन्धुकधारी अपहरणकारीले ७३ जना विद्यार्थीलाई अपहरण गरेका छन् ।

नाइजेरियाको प्रहरीले बुधबार उनीहरुलाई अपरिचित बन्दुकधारीले अपहरण गरेको खबर प्राप्त भएको जनाएको छ । विद्यार्थी देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जाम्फारा प्रदेशको एक विद्यालयबाट अपहरित भएका हुन् ।

जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले जारी गरेको वक्तव्यमा उनीहरुलाई अपहरण गर्न ठू्लो सङ्ख्यामा लडाकू आएका उल्लेख गरिएको छ ।

बुधबार बिहान काया गाउँबाट उनीहरुलाई अपहरण गरिएको र कता लगे भन्ने बारेमा एकिन हुन नसकेको अधिकारीले जनाएका छन् ।

अपहरित बालबालिका माध्यामिक तहका विद्यार्थी रहेका जनाइएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन भने बाँकी रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?