एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत २ महिनासम्म निःशुल्क रेमिट्यान्स पठाउन सकिने

लोकपथ
130
Shares

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ ।

बैंकले भदौ १६ देखि कात्तिक १४ गतेसम्म लागू हुनेगरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले NIC ASIA MoBank प्रयोग गरी एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् । Self Help बैंकिङको अवधारणा अनुरुप मोबाइल बैंकिङ एपमार्फत नै आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस नवीन सुविधाबाट बैंकका ग्राहकहरूले आफ्ना परिवारजन तथा आफन्तजनलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्नेछन् ।

यस योजनाअन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो मोबाइल बैंकिङ एपबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन् । यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको NIC ASIA MoBank भित्र रहेको Send Remit आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन् । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।

कोभिड–१९ को महामारीको समयमा डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा उनीहरूको अमूल्य समयको बचत भई महामारीका बीच भौतिक दुरी कायम गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?