कैलालीको सडकमा सेनाको बख्तरबन्द गाडी

कैलाली । नेपाली सेनाले बख्तरबन्द गाडीलाई कैलालीका सडकमा निकालेको छ।

बिहिबार बिहान साढे १० बजेको समयमा सेनाले धनगढीका विभिन्न सडकमा हतियारसहितका बख्तरबन्द गाडी निकालेको हो । नियमित अभ्यास अर्न्तगत ३ वटा गाडी गुडाइएको बताइएको छ ।

यसअघि धनगढीको बोराडाँडी ब्यारेकबाट सेनाले साउन १४, २१ र २८ गते बख्तरबन्द गाडी सडकमा गुडाएको थियो । त्यस्तै भदौ ३, १०, १७ र २४ गते बख्तरबन्द गाडीको अभ्यास गरिने सेनाले जनाएको थियो । सोही अनुसार बिहिबार पनि धनगढीका विभिन्न सडकमा ३ वटा गाडी गुडाइएको हो ।सेनाले यसलाई नियमित अभ्यास भनेको छ।

यसअघि नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै काठमाडौंंको सीतापाइलामा तैनाथ गण तथा इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगञ्ज र धनगढीमा तैनाथ गणले विभिन्न मितिमा बख्तरबन्द गाडी निकालेर अभ्यास गर्ने जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?