काठमाडौं । घुस मागेको अभियोगमा नेकपा माओवादी केन्द्रका दुईजना कार्यकर्ता परेका छन् । पक्राउ पर्नेमा कालिकोट घर भएका तिलक बहादुर उपाध्याय र रोल्पाका दत्त बुढा छन् ।
प्रहरी हिरासतमा रहेका थुनुवालाई ‘छुटाउँछौँ’ भनेर घुस मागेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेका जुवाडेहरुलाई छुटाउँछौँ भनेर उनीहरुले घुस लिएको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उपाध्याय माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुन् । रोल्पा घर भएका दत्त पूर्व विद्यार्थी नेता हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया