देउवालाई धक्का : निधि, गुरुङपछि गोपालमान श्रेष्ठले गरे सभापति उठ्ने घोषणा

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले आगामी महाधिवेशनमा सभापति लड्ने घोषणा गरेका छन् ।

कांग्रेसको संगठन विभाग प्रमुख समेत रहेका नेता श्रेष्ठले गृह जिल्ला स्याङ्जा पुगेर नेता कार्यकर्ताहरुकोबीच औपचारिक रुपमा सभापति लड्ने घोषणा गरेका हुन् ।

आफूलाई देशभरका साथीहरुको सहयोग रहने दाबीसहित नेता श्रेष्ठले १४ औँ महाधिवेशनमा सभापति लड्ने घोषणा गरेको बताए ।

उनले वर्तमान प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेर लामो समय काम गरेका छन् ।
देउवाले पार्टी फुटाएर प्रजातान्त्रिक गठन गर्दा श्रेष्ठले कार्यबाहक सभापतिको जिम्मेवारी पाएका थिए ।

महाधिवेशन नजिकिएसँगै सभापति लगायतका पदमा उम्मेदवारी दिने क्रम चलिरहेको छ । यसअघि उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिले उम्मेदवारी घोषणा गरिसकेका हुन् । देउवा स्वयं सभापतिमा लड्ने तयारीमा लागेका बेला देउवा निकट मानिने निधि र श्रेष्ठले घोषणा गरेसँगै महाधिवेशनमा धक्का लाग्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?