बिग बोस विजेता सिद्धार्थ शुक्लाको निधन

लोकपथ
392
Shares

काठमाडौं । बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको बिहीबार निधन भएको छ ।

उनको हृदयघातका कारण निधन भएको भारतको नयाँ दिल्लीस्थित कुपर अस्पतालले पुष्टि गरेको छ ।

४० वर्षको उमेरमा सिद्धार्थको निधन भएको हो । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कुपर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम गरिने अस्पतालले जानकारी दिएको छ ।

भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधि खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधि सेवन गरेका थिए भन्ने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?