सरकारलाई धनराज गुरुङको आग्रह : ‘भ्रष्ट्राचार न्यूनिकरण अभियान नारामा मात्रै सिमित नहोस्’

लोकपथ
105
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले भ्रष्ट्रचार न्यूनिकरणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

यसअघिका सरकारले भ्रष्ट्रचार अन्त्यको लागि कुरा उठाए पनि नारामा मात्रै सिमित भएको भन्दै वर्तमान सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता गुरुङले शुशिल कोइरालादेखि केपी ओलीसम्मले प्रधानमन्त्री हुँदा भ्रष्ट्राचार अन्त्य गर्ने बताए पनि त्यसो गर्न नसकेको बताए ।

उनले भने– ‘भ्रष्टाचारका सन्दर्भमा ।
सुशील कोइरालाले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको नारा घन्काए। नारामै सिमित भयो।केपी ओलीले भ्रष्टाचारीको मुखै हेर्दिन भने। ठट्यौलीमै सिमित भयो।’

त्यसैगरी वर्तमान सरकारले भ्रष्ट्राचारका विभिन्न काण्डहरु छानबिन गर्ने भनेपनि त्यसलाई न्यूनतम कार्यक्रममा नै सिमित नहोस् भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले भनेका छन्–‘शेर ब. देउवाले भ्रष्टाचारका काण्डहरुको छानबिन गर्ने भनेका छन्। न्युनतम साझा कार्यक्रममै सिमित नहोस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?