डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

लोकपथ
572
Shares

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरेको छ ।

संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । जसमा २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ ।

कम्पनीको भदौ १७ गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी साधारणसभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?