सानिमा लाईफको पहिलो कारोबार कतिमा भयो ?

लोकपथ
13
Shares

काठमाडौं – सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको साधारण सेयर (आईपीओ) आज (बिहिबार) बाट धितोपत्र दोस्रो बजारमा कारोबार भएको छ ।

कम्पनीको सेयर प्रतिकित्ता ३०९ रुपैयाँमा पहिलो करोबार भएको छ । यो मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पहिलो कारोबारको लागि तोकेको अधिकतम मूल्य हो ।

नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०३.१७ रुपैयाँदेखि अधिकतममा ३०९.५१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो । नेप्सेले यो कम्पनीलाई ‘SIL’ संकेत प्रदान गरेको छ।

नेप्सेमा हिजो बुधबार यो कम्पनीको सेयर सूचीकृत भएको थियो। यो कम्पनीको १०० अंकित दरका कुल २ करोड कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १ करोड ४० लाख रुपैयाँ र ६० लाख कित्ता सर्वसाधारण समूहको रहेको छ।

सानिमा लाईफले गत साउन २० गतेदेखि साउन २४ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ बिक्री गरेको थियो। आईपीओको बाँडफाँड भने गत साउन ३० गते गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?