ङादी ग्रुपको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

लोकपथ
169
Shares

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (बिहिबार) अन्तिम दिन रहेको छ । आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कायम सेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले लाभांश वितरण र साधारणसभा प्रयोजनको लागि भोलि (शुक्रबार) बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन र कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी असोज ३ गते हुने वार्षिक साधारण सभाले पारित गर्नेछ ।

कम्पनी सञ्चालक समितिको गत साउन ३२ गते बसेको बैठकले आउँदो असोज ३ गते आठौँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको अनामनगरस्थित क्विन्स क्याफेमा बिहान ९ बजेबाट सुरु हुनेछ

कम्पनीको सभाले २० प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १:२ प्रतिशत अर्थात २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?