कांग्रेस कैलालीले गर्‍यो वडा अधिवेशन स्थगित

लोकपथ
273
Shares

कैलाली । नेपाली कांग्रेस कैलालीले सूचना जारी गरेर वडा स्तरको अधिवेशन स्थगित गरेको छ ।

भदौ १८ गते हुने भनिएको वडा स्तरको अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

अहिलेसम्म पनि क्रियाशिल सदस्यको नामावली उपलब्ध नभएको भन्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि वडा स्तरको अधिवेशन स्थगित भएको जिल्ला उपसभापति प्रकाश वमले बताए ।

उपसभापति वमका अनुसार जिल्ला कार्य समितिबाट निर्णय गर्दै २२ गते सम्म वडा अधिवेशन गर्ने प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?