बेलायतकी महारानी एलिजाबेथले मगाइन् रोनाल्डोको जर्सी

लोकपथ
1.7k
Shares

काठमाडौं। फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो युभेन्टसबाट आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेड फर्किएसँगै बेलायतकी महारानी एलिजाबेथले म्यानचेस्टर युनाइटेडसँग ८० वटा रोनाल्डोको जर्सी मगाएकी छिन्।

सन् २००९ मा इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेडबाट स्पेनिश क्लब रियल मड्रिड गएका रोनाल्डो यसै सरुवा बजारमा आफ्नो पुरानो क्लब फर्किएका छन्। ३६ वर्षीय रोनाल्डो एक पटक फेरि इंग्लिश क्लबमा आबद्ध भएसँगै महारानी एलिजाबेथले उनको जर्सी मगाएकी हुन्।

Cristiano Ronaldo's first photoshoot in Manchester United Kit, Will he be donning the number 7 ? » FirstSportz

आफ्नो पहिलो युनाइटेड बसाईमा जर्सी नम्बर ७ लगाएर खेलेका रोनाल्डोले यस पटक भने कति नम्बर जर्सी लगाउने भन्ने बारे अझै निर्णय भइसकेको छैन। यद्यपि महारानी एलिजाबेथले भने म्यानचेस्टर युनाइटेडलाई रोनाल्डोले हस्ताक्षर गरेको पहिलो जर्सी नै आफूलाई दिन आग्रह गरेकी छिन्।

उनले बेलायतको राष्ट्रिय अदालतको लागि भनेर ८० वटा रोनाल्डोको जर्सी समेत मगाएकी छिन्। यससँगै बेलायतकी महारानी एलिजाबेथलाई हस्ताक्षर प्रदान गर्ने रोनाल्डो विश्वकै पहिलो मानिस पनि हुने भएका छन्।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?