काठमाण्डौं १ मा विवेकशील साझाबाट रविन्द्र मिश्रको उमेदवारी, पछि हट्लान प्रकाशमान सिंह ?

काठमाडौं,२३ असोज ।विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले काठमाण्डा १ बाट प्रतिनीधि सभा सदस्यका लागि उमेदवारी दिने भएका छन । उक्त क्षेत्र काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले जित्दै आएको क्षेत्र हो । यसपटक पनि काँग्रेसले सो क्षेत्रबाट सिंहकै नाम सिफारिस गरेको छ । यसैगरि काठमाण्डौंको क्षेत्र नं. ५ बाट विवेकशील साझाका सहसंयोजक उज्ज्वल थापाले उमेदवारी दिने भएका छन । उक्त क्षेत्र काँग्रेसका अर्का प्रभावशाली नेता नरहरी आचार्य यस अघि निर्वाचित भएको क्षेत्र हो ।पुराना दलहरुको ध्रवीकरण भईरहेका बेला विवेकशील साझा पार्टीले आफ्ना चर्चित व्यक्तित्व चुनाव नलडाउने बताईएको थियो तर काठमाण्डौका प्रभावशाली क्षेत्रमा विवेकशील साझाको मुल नेतृत्वले चुनाव लड्ने भएपछि अन्य दलका हाईप्रोफाईल नेता पछि हट्न सक्ने विश्लेषण गर्न थालिएको छ ।यद्यपि उम्मेदवार छनोट समितिले सिफारिस गरेको रविन्द्र मिश्र र उज्ज्वल थापको नाम केन्द्रिय समितिले अनुमोदन गर्नु पर्नेछ । विवेकशील साझा पार्टीकको केन्द्रिय समितीको बैठक सोमबार बस्दैछ । सो बैठकले काठमाडौंका २ क्षेत्र अतिरिक्त देशका अन्य ठाँउका उमेद्वारको टुङ्गो लगाउने विवेकशील साझा पार्टीका एक नेताले जनाएका छन् ।संसदीय र प्रान्तीय निर्वाचनमा विवेकशील साझाले सबै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेद्वार दिने तयारी थालेको छ ।उज्वल थापाले यसअघि दोस्रो संविधानसभामा काठमाडौं पाँच नम्बर क्षेत्रबाट उम्मेदवारी दिएका थिए भने यसपाली पनि उनले पाँच नम्बर क्षेत्रबाटै उम्मेदवारी दिने भएका छन्। ।पत्रकारिता क्षेत्रबाट राजनीतिमा आएका रविन्द्र मिश्रले पनि प्रत्यक्ष उम्मेद्वारी काठमाडौं क्षेत्र नम्बर एकबाट दिने चर्चा चलेको थियो । काठमाडौं एकका शिक्षित मतदाताहरुलाई आकर्षित गर्न खासै गाह्रो नहुने तर्कका साथ बहस अघि बढेको श्रोतले जनाएको छ।मिश्रले काठमाडौं तीनबाट प्रत्यक्ष उम्मेदवारी दिने मनसाय बनाएका थिए। तर उनलाई काठमाडौं तीन भन्दा काठमाडौं क्षेत्र नम्बर एकमा बिजयी हुन सजिलो हुने बताइएपछि त्यस बारेमा पार्टीले बिचार मन्थन गरेर यस्तो निर्णय गरेको हो।काठमाडौंका यी २ क्षेत्रमा मिश्र र थापाको उमेद्वारले वर्तमान राजनितिक समिकरणलाई थप तेजिलो बनाउने मानिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?