बाँके । बाँकेकाे नेपालगञ्जमा चिकित्सक र स्वास्थ्यकर्मीलाई सर्पदंश उपचारसम्बन्धी तालिम दिइएकाे छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रकाे आयोजना तथा फेरमेडको सहयोगमा भेरी अस्पताल परिसरमा सञ्चालन गरिएको तालिममा २० जना सहभागी रहेको भेरी अस्पतालका एनेस्थेसिया विभागका डा. पारस पाण्डेले जानकारी दिए ।
वर्षातमा तराईका जिल्लामा सर्पदंशका घटना हुने भएकाले उपचारमा सहज हाेस् भनेर तालिम प्रदान गरिएकाे उनले बताए । सर्पदंशबाट कसरी बच्ने, डसिहालेमा कसरी प्राथिमक उपचार गराउने र स्वास्थ्य संस्था पुर्याउने भनेर प्रशिक्षण दिइएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया