धनगढी । कैलालीमा विद्यालय खोल्ने तयारी गरिएको छ ।
सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड – १९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कैलालीमा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल भइरहेको हो ।
बिहीवारका लागि बोलाइएको बैठकमा विद्यालय सञ्चालनका विषयमा छलफल हुने सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए । ‘काठमाडौं शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय भएपछि कैलालीमा पनि जनप्रतिनिधिसँग छलफल गर्न बैठक बोलाइएको हो,’ उनले भने ।
स्थानीय तहका जनप्रतिनिधी र सरोकारवाला निकायले यस अघि नै शैक्षिक संस्था सुचारु गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन् । सम्भवतः विद्यालय सञ्चालनको निर्णय हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया