बोस्नियाविरुद्ध फ्रान्सको बराबरी

काठमाडौं। फिफा विश्वकप २०२२ अन्तर्गत छनोट चरणको खेलमा वर्तमान विश्वकप विजेता फ्रान्सले बोस्निया एण्ड हर्जगोभिनासँग १-१ गोलको बराबरी खेलेको छ।

फ्रान्सको घरेलु मैदान स्ट्रासबर्ग स्टेडियममा २२ हजार दर्शकबीच भएको खेलमा पाहुना टोलीले अग्रता लिएको थियो। पहिलो हाफको ३६औं मिनेटमा बोस्नियाका कप्तान एडिन जेकोले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।

France 1-1 Bosnia and Herzegovina: Antione Griezmann cancels out Edin Dzeko  opener as Jules Kounde sees red - Eurosport

त्यसको पाँच मिनेट पनि नबित्दै घरेलु टोली खेलमा फर्कियो। फ्रान्सका लागि स्टार खेलाडी एन्टोइन ग्रिजम्यानले खेलको ४०औं मिनेटमा घरेलु टोलीको बराबरी गोल गर्न सफल भएका थिए।

पहिलो हाफ बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा अर्को गोल थप्न सकेनन्। दुवै टोलीले खेलमा निर्णायक गोल गर्न नसक्दा वर्तमान विश्वकप विजेता फ्रान्सले घरेलु मैदानमै बराबरी खेल खेलेको छ।

France 1-1 Bosnia-Herzegovina: Griezmann scores as 10-man hosts are held

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?