क्रिस्टियानो रोनाल्डो बने अन्तराष्ट्रिय फुटबलको सर्वाधिक गोलकर्ता

काठमाडौं। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अन्तराष्ट्रिय फुटबलको सर्वाधिक गोलकर्ता भएका छन्।

बुधवार राति पोर्चुगलले आयरल्यान्डविरुद्ध २-१ गोलको जित दर्ता गर्दा रोनाल्डोले दुवै गोल गरेका थिए। खेलको १५औं मिनेटमा रोनाल्डोले प्रहार गरेको पेनाल्टी गोलमा परिणत हुन नसक्दा उनले ईरानी लेजेण्ड अली डाईको कीर्तिमान तोड्न सकेका थिएनन्।

तर खेलको ८९औं मिनेटमा रोनाल्डोले हेडर गोल गर्दै डाईको १०९ अन्तराष्ट्रिय गोलको किर्तिमान तोड्न सफल भए। त्यसपछि खेलको इन्जुरी समयमा रोनाल्डोले पोर्चुगलको लागि विजयी गोल गर्न सफल भए।

उनले आफ्नो अन्तराष्ट्रिय करियरको ११०औं तथा १११औं गोल नै हेडरमार्फत गर्न सफल भए। यस जितसँगै पोर्चुगल विश्वकप छनोट समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ।

खेलमा क्रिस्टियानो रोनाल्डोको तथ्यांक

शट प्रहार: ८
शट अन टार्गेट: ४
गोल: २

पोर्चुगलले अब शनिवार कतारविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसको तीन दिन पश्चात् पोर्चुगलले विश्वकप छनोट समूह ‘ए’अन्तर्गत आजरबैजानसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?