कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गरिने

लोकपथ
147
Shares

काठमाडौं । कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बुधवार बसेको बैठकले ३० भदौदेखि ८ असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड – १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो ।

यसअघि ३१ साउनदेखि हुने तय भएको परीक्षा कोभिड – १९ को कारण देखाएर स्थगित भएको थियो । यसअघि कक्षा १२ को परीक्षा दुईपटक स्थगित भएको थियो । पौने चार लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?