१ बुधवार नेपालमा कोरोनाका २ हजार ५२ जना नयाँ संक्रमित थपिए, ३ हजार ३० जना संक्रमणमुक्त,पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु ।
२. सभामुख सापकोटा र निर्वाचन आयोगको भूमिकाप्रति नेकपा एमालेको असन्तुष्टि, सभामुख र आयोग विरुद्ध एमालेद्वारा सर्वाेच्चमा रिट दायर,शुक्रबारका लागि पेशी तोकियो ।
३.सरकारले लामो समयदेखि बन्द रहेका सिनेमा हलले स्वास्थ्य मापदण्ड अपनाए भोलिबाट खोल्न दिने,काठमाडौं उपत्यका भित्रका बिद्यालय जिल्ला कोरोना व्यवस्थापन केन्द्रसँग समन्वय गरेर खोल्न पाईने ।
४. प्रदेश २ मा जनता समाजवादीका ५५ सांसद मध्ये १० जना नयाँ पार्टी लोकतान्त्रिक समाजवादीमा खुले,प्रदेश निर्वाचन कार्यालय पुगेर आजै हस्ताक्षर सनाखत गरे ।
५. नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङद्वारा सभापतिमा उम्मेदवारी दिने घोषणा, वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षलाई साझा सभापतिको साझा उम्मेदवार छान्नै सकस ।
६.एमसीसीकी उपाध्यक्ष फतिमा सुमार अर्काे हप्ता नेपाल आउँदै,सुमारले प्रधानमन्त्री देउवा सहित बिभिन्न राजनीतिक दलका नेतासँग एमसीसी परियोजनाबारे छलफल गर्ने ।
७. सर्वाेच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई सरकारले उपचार खर्च दिने निर्णय बिरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी,।खनाललाई सरकारले खर्च दिनुको कारणबारे लिखित जवाफ पेश गर्न आदेश ।
८. प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा, १० जना प्रदेशसभा सदस्य एमाले छोडेर नेकपा एकिकृत समाजवादी पार्टीमा लागे ।
९. कांग्रेसको महाधिवेशनको मुखमा केन्द्रीय सदस्य मीन विश्वकर्माद्वारा राजीनामा,महाधिवेशन प्रतिनिधि चयनमा दलितलाई उचित स्थान नदिएको भन्दै असन्तुष्टि ।
१०. कोरोना जोखिमका नाममा बालबालिकालाई दिइने नियमित खोप नछुटाउन स्वास्थ्य मन्त्रालयको आग्रह, खोप नलगाए बालमृत्यु दर र अपाङगता दर बढ्न सक्ने चेतावनी ।
११. सरकारी वेबसाइट व्यवस्थापन गर्न नयाँ निर्देशिका ल्याइयो, सरकारी कार्यालयहरुको आधिकारिक वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ जारी ।
१२. नेपाली शेयर बजारमा बुधवार झिनो सुधार, कारोबार रकम भने ९ अर्ब ३५ करोडमा खुम्चियो ।
१३. नेपाल राष्ट्रबैकले प्रयोगमा ल्याउन नमिल्ने झुत्रा नोटबाट ब्रिकेट बनाउने, झुत्रा नोटलाएर जलाएर ब्रिकेट बनाउने ८ वटा मेसिन नेपाल भित्र्याइँदै ।
१४. तालिवानले अफगानिस्तानमा तीन दिन भित्र नयाँ सरकार गठनको घोषणा गर्ने,सरकारमा महिलालाई पनि सहभागी गराइने तालिवानको प्रतिवद्वता ।
१५. नेपाल र भारतबीचको मैत्रीपुर्ण फुटबल भोली हुँदै, नेपाल भारतलाई जित्नै पर्ने दवाबमा, दुबै खेल भारतलाई जित्नैका लागि खेल्ने नेपाली टिमका मुख्य प्रशिक्षक अलमुताइरीको भनाई ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया