सेयर प्रकरण : धितोपत्र बोर्डका अध्यक्षमाथि छानविन गर्न समिति गठन

लोकपथ
143
Shares

काठमाडौं । सेयर खरिदका विषयमा विवादित बनेका धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि छानविन हुने भएको छ । सरकारले बोर्डका अध्यक्ष ढुंगानामाथि छानविन गर्न जाँचबुझ समिति समेत गठन गरेको छ।

उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा बनेको समितिमा विज्ञ सदस्य प्रा.नारायणप्रसाद पौडेल, कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य रहेका छन् ।

सर्वोत्तम सिमेन्टको संस्थापक सेयर छोरीका नाममा खरिद गरेको आरोप ढुंगानामाथि लागेको छ।

सो कम्पनीको अध्यक्ष ढुंगानाले पदीय मर्यादाविपरीत छोरीका नाममा सेयर खरिद गरेको भन्दै विवादित भएका हुन्। विवाहित छोरी रेविका ढुंगानाको नाममा सर्वोत्तम सिमेन्टको ११ हजार ९१२ कित्ता सेयर रहेको खुलेको छ।

यसै सम्वन्धमा अनुसन्धान गर्न मन्त्रिपरिषद बैठकले समिति बनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?