लहान नगरपालिकामा मेयरको मिलेमतोमा व्यापक अनियमितता

RSS
56
Shares

सिरहा । सिरहाको लहान नगरपालिकामा व्यापक अनियमितता भइरहेकोप्रति विभिन्न चार दलका नगर अध्यक्ष तथा प्रतिनिधिहरुले आपत्ति जनाएका छन् ।

नेपाली कांग्रेसका नगर अध्यक्ष सुनिल कुमार महतो, नेकपा माओवादी केन्द्रका नगर प्रतिनिधि विजय कुमार गुप्ता, जनता समाजवादी पार्टी नेपालका नगर अध्यक्ष दिनेश महतो र नेकपा (एस)का नगर प्रतिनिधि बिनोद शाहले संयुक्त रुपमा उक्त नगरपालिकामा भइरहेको अनियमितताको छानबिन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई अनुरोध गरेका गरेका छन् ।

अनुरोध गरिएको पत्रमा भनिएको छ,‘ लहान नगरपालिकाको कार्यवाहक कार्यकारी अधिकृत खेमनन्द भुसालले विगत २ वर्षदेखि यस नगरपालिकामा व्यापक भ्रष्टाचार, चरम अनियमितता एकलौटी एकपक्षीय किसिमले मेयर जो केपी ओलीको मतियार बनी गैरकानुनी विभिन्न कार्यहरु कानुनी रुपमा नमिल्ने कार्य जस्तो अनियमित शिक्षकहरुलाई सरुवा गरी उच्च अदालतले सरुवा असंवैधानिक ठहर गर्दा पनि पटक पटक मेयरको मतियर बनी सरुवा गरेको र अदालतको आदेशको अवज्ञा गर्दै आएको तथा हाम्रो चार दल निकट रहेका शिक्षकहरुलाई बिनाकाम दु:ख दिने कार्य भइरहेको छ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?