मेरो माइक्रोफाइनान्सले आफ्ना कर्मचारीहरुलाई दियो तालिम

लोकपथ
143
Shares

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना कर्मचारीहरुका लागि लघुवित्त व्यवस्थापन सम्बन्धी २ दिने तालिम प्रदान गरेको छ ।

भाद्र १४ र १५ गते संस्थाका नवप्रवेशी कर्मचारीहरुलाई त्यस्तो तालिम प्रदान गरेको हो ।

कर्मचारीहरुलाई संस्था तथा लघुवित्त सम्बन्धी कामहरु तथा नीति–नियमको बारेमा जानकारी दिने, सिकाउने तथा अभिमुखीकरण गराउने उद्देश्यले तालिम दिइएको संस्थाले जनाएको छ ।

२ दिने कार्यक्रमको समापनको अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले कर्मचारीहरुलाई हौसला प्रदान गर्नुका साथै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने बताए । उनले यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयंको तथा संस्थाको दिगो विकासमा योगदान पुग्ने बताए ।

कार्यक्रममा सहभागी कर्मचारीहरुले उक्त तालिमबाट लघुबित्त सम्बन्धि जानकारी हासिल गर्नुका साथै काम गर्ने हौसला समेत प्राप्त भएको बताएका थिए ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था नुवाकोटको बट्टारमा केन्द्रिय कार्यालय रहि देशका ६४ जिल्लामा १५० शाखा कार्यालयमार्फत १ लाख ४१ हजार घरपरिवारहरुलाई लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?