पौडेल पक्षको सभापति उम्मेदवार आज पनि टुंगिएन

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष १४ औं महाधिवेशनका लागि सभापतिको उम्मेदवार आज पनि टुंगो लगाउन सकेको छैन ।

रामचन्द्र समूहबाट एकल उम्मेवारी तय गर्न सभापतिका उम्मेदवार नेताहरु आज अनुप फुडल्याण्डमा छलफलमा बसेका थिए ।

दिउँसो साढे २ बजेदेखि पौने ५ बजेसम्म चलेको बैठकमा रामचन्द्र पौडेल समूहबाट सभापतिमा दावी गरेका प्रकाशमान सिंहबाहेकका सहभागी थिए ।

बैठक सकिएपछि एकल उम्मेदवारी तयका विषयमा छलफल भएको र सहमति नजुटेको नेतृ सुजाता कोइरालाले जानकारी दिइन्।

उनले भनिन्,‘ हामी एकताको सन्देश दिनेगरी नै छलफलमा बसिरहेका छौं। आज सहमति नभएपनि एक भएर अघि बढ्ने सहमति भएको हो।’

यसअघि मंगलबार पौडेल निवास बोहोरेटारमा बसेको सो समूहको बैठकले सभापतिको नाम टुंग्याउन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?