काठमाडौं । प्रथम चुनिखेल युवा परिषद् फुटसल प्रतियोगिता सम्पन्न भएको छ । चुनिखेल युवा परिषद्को आयोजनामा भएको फुटसल प्रतियोगितामा विजेता चुनिखेल चुनदेवी क्लबले ६-१ गोल अन्तरले उपविजेता सोसल वर्कर ओफ नवपुरलाई पछि पार्दै उपाधि चुमेको हो ।
उक्त प्रतियोगितामा १० वटा टिमले सहभागिता जनाएका थिए । यो प्रतियोगिता लिक कम नकाउत आधारित खेलाइएको थियो । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर-१० बालुखानीस्थित श्रेष्ठ फुटसलमा भएको प्रतियोगितामा चुनिखेल चुनदेवी क्लबका मनोज श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भएका छन् । त्यस्तै, टुपेक नवपुर क्लबका राजेश श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतियोगिताको समापन समारोहमा बिजयी टिमलाई बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले खेल सकिएलगत्तै सोही स्थानमा पुरस्कार वितरण गरेका थिए ।

प्रथम बिजेता टिमले ट्रफि, मेडल, प्रमाणपत्रसहित १५ हजार नगद पुरस्कार, उपबिजेता टिमले ट्रफी, मेडल, प्रमाणपत्रसहित १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलरक्षक मनोज श्रेष्ठ र उत्कृष्ट खेलाडी राजेश श्रेष्ठले मायाको चिनो र मेडल प्राप्त गरेका छन् ।
चुनिखेल युवा परिषद्का अध्यक्ष विवेक श्रेष्ठको संयोजकत्त्वमा ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ नारासहित आयोजित प्रतियोगितालाई बूढानीलकण्ठ नगरपालिकाले एक लाख रूपैयाँ सहयोग हस्तान्तरण गरेको थियो ।

फुटसल प्रतियोगिता सफल बनाउन चुनिखेल भद्रकाली बालुवाखानी बालुवा प्रशोधन केन्द्र, ए.आर.भि.लज एण्ड बार र जि.के. इन्टरप्राइजेजले प्रायोजन गरेका थिए । यस्तै, प्रतियोगितालाई बूढानीलकण्ठ नगरपालिका वडानम्बर-१३ का अजय श्रेष्ठ, टिकेशनारायण श्रेष्ठ, सुजन श्रेष्ठ र दिनेश श्रेष्ठ लगायतले पनि सहयोग गरेका थिए । प्रतियोगितामा क्यामेराम्यानको रूपमा दिपु श्रेष्ठले भूमिका निभाएका थिए ।

तस्बिर : चुनिखेल युवा परिषद्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया