मीन विश्वकर्माले दिए राजीनामा (पत्रसहित)

लोकपथ
2.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं दलित संघका अध्यक्ष मीन विश्वकर्माले पदबाट राजीनामा दिएका हुन् ।

आगामी महाधिवेशनको लागि लागि निर्वाचन निर्देशीकाले दलित समुदायलाई विभेद गरेको भन्दै बुधबार (आज) पदबाट राजीनामा दिएका हुन् ।

पार्टीको ११ औँ महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवा आफैँले प्रारम्भ गरेको ‘‘कदमजग’’ सिद्धान्तको खिल्ली उडाएको उनले बताए । साथै हालै कांग्रेसले जारी गरेको निर्वाचन निर्देशीकाले दलित संघलाई अन्याय गरेको भन्दै राजीनामाको घोषणा गरेका हुन् ।

‘एघारौँ महाधिवेशन सम्माननीय सभापतिज्यू आफैँले प्रारम्भ गर्नु भएको ‘‘कदमजग’’ सिद्धान्तको खिल्ली उडाएको छ । यसरी षडयन्त्र मुलक ढंगबाट दलित समुदायलाई अपमान र अन्याय हुनेगरि लागू गरिने निर्वाचन निर्देशीका नेपाल दलित संघका लागि मान्य हुनेछैन ।’ राजीनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?