नेपालमा कोरोना : थपिए २ हजार ५२ संक्रमित, कति भए संक्रमणमुक्त ?

लोकपथ
455
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ ।

देशभर कुल १० हजार ६ सय १२ जनाको पीसीआर परीक्षणमा १,६४८ र ४ हजार ३ सय २३ को एन्टिजेन परीक्षणमा ४ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा थप २० जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १० हजार ७ सय ७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?