प्रदेश २ : जसपाका ५४ मध्ये ११ ले रोजे लोकतान्त्रिक समाजवादी पार्टी

लोकपथ
507
Shares

काठमाडौं । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) का ५४ प्रदेश सभा सदस्यमध्ये ११ जनाले नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

जसपा फुटाएर महन्थ ठाकुरले लोसपा गठन गरेका हुन् ।

लोसपाको पक्षमा ११ प्रदेशसभा सदस्यले बुधबार प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर आफ्नो हस्ताक्षर सनाखत गराएका छन् ।

लोसपामा जानेहरुमा प्रदेशसभा सदस्यहरूमा जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, सुरिता साह, अलका झा, गौरीनारायण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहेको छन् ।

त्यसैगरी जितेन्द्र सोनल, अभिराम शर्मा लगायतका प्रदेशसभा सदस्यहरुले भने बिहीबार सनाखत गराउने भएका छन् ।

प्रदेश २ को प्रदेशसभामा तत्कालीन समाजवादी पार्टीबाट २९ र तत्कालीन राजपाको तर्फबाट २५ गरी जसपाको कुल ५४ प्रदेशसभा सदस्य थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?