एमालेद्वारा सभामुख र निर्वाचन आयोगविरुद्ध रिट दायर

लोकपथ
119
Shares

काठमाडौं । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टाराईले सर्वोच्चमा तीनवटा रिट निवेदन दायर भएको लोकपथलाई जानकारी दिए ।

पार्टीले १ भदौमा १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाए पनि सभामुखले रोकेर राखेको र पछि कारबाही नहुने भनी गरेको निर्णय कानून विपरीत रहेको भन्दै एमालेले त्यसलाई उल्ट्याउनुपर्ने रिट निवेदनमा माग गरिएको छ ।

यसैगरी दोस्रो रिट निवेदनमा ३९ जना सांसदहरु मात्रै भएको अवस्थामा निर्वाचन आयोगले ५५ जना सांसदको सनाखत गरी नेकपा एकीकृत समाजवादी दर्ता गर्नु त्रुटिपूर्ण भएको भन्दै त्यसलाई बदर गर्नुपर्ने एमालेको माग छ । निर्वाचन आयोगले प्रक्रिया मिचेर धेरै संख्या पुर्‍याएर नेकपा एकीकृत समाजवादी दर्ता गरेको एमालेको दाबी छ ।

यसैगरी झलनाथको वारेसनामा स्वीकारेको विषयलाई पनि बदर हुनुपर्ने रिट निवेदनमा माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?