कांग्रेस महाधिवेशन : कल्याण गुरुङले गरे सभापतिको उम्मेदवारी घोषणा

लोकपथ
350
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेता गुरुङले काठमाडौंको अनामनगरस्थित यूनियन हाउसमा एक कार्यक्रम गरी उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाल विद्यार्थी संघको नेतृत्व सम्हालिसकेका नेता गुरुङ आगामी महाधिवेशनमा सभापतिको कान्छा आकांक्षी हुन् ।

५१ वर्षीय नेता गुरुङ कांग्रेसको १२ औँ महाधिवेशन आमन्त्रित केन्द्रीय सदस्यका रुपमा मनोनित भएका थिए । भने १३ औँ महाधिवेशनबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको टिमबाट केन्द्रीय सदस्यमा निर्वाचन जितेका थिए ।

आफूले अहिले उम्मेदवारीको घोषणा गर्ने र केही समयपछि टिम बनाएर अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?