नेप्सेमा २ कम्पनीको सेयर सूचिकृत, कुनको कित्ता कति ?

लोकपथ
4.5k
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बुधबार) २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा ४२ लाखभन्दा बढी कित्ता सेयर सूचिकृत भएको हो । नेप्सेमा नागरिक लगानी कोष (सीआईटी) र स्वावलम्वन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

नेप्सेका अनुसार सीआईटीको ९ प्रतिशत बोनस सेयर बापतको २७ लाख कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, स्वावलम्वन लघुवित्तको १९.००५६ प्रतिशत बोनस सेयरबापतको १५ लाख ६ हजार ६ दशमलव १६ कित्ता सेयर सूचिकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?