काठमाडौं – केहि दिन निरन्तर करेक्सन आइरहेको सेयर बजारमा आज (बुधबार) सामान्य वृद्धि देखिएको छ । आज बजारमा झिनो अंकको वृद्धि भएको हो ।
बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १.१४ अंकले बढेर २९७६.९८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक ०.०४ प्रतिशतले गिरावट आएको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.१७ अंकले बढेर ५५०.६९ विन्दुमा पुगेको छ ।
आज कूल २२६ कम्पनीको एक करोड ७१ लाख ८२ हजार ८७१ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ रुपैयाँ बराबरको भएको नेप्सेले जनाएको छ । आज कारोबार रकममा भने गिरावट आएको छ ।
कूल १३ उपसमूहमध्ये ४ उपसमूहको सेयर बढेको छ, भने बाँकी ९ वटा उपसमूहको सेयर घटेको छ । आज होटल र पर्यटन समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज अरुण भ्याली हाइड्रोपावरले सर्वाधिक कारोबार गरेको छ । त्यस्तै, रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया