अफगानिस्तान छोड्नु अघि राष्ट्रपति घानी र बाइडेनबीच भएको थियो १४ मिनेट टेलिफोन

लोकपथ
3.9k
Shares

काठमाडौं । अमेरिकी सेना २० वर्षपछि अफगानिस्तानबाट अमेरिका फर्किएका छन् । ३० अगस्टमा अमेरिकी सेना अफगानिस्तानबाट फर्कीएपछि अहिले अफगानिस्तान तालिबानको कब्जामा रहेको छ ।

तालिबानले अफगानिस्तान कब्जा गर्ने खबरपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र अफगानी राष्ट्रपति अशरफ घानीबीच टेलिफोन संबाद भएको कुरा बाहिरिएको छ ।

Joe Biden meets with Afghan President Ashraf Ghani at White House, says  'we're gonna stick with you' - ABC News

उनीहरुबीच तालिबानकोविरुद्ध भइरहेको लडाईको बारेमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार २३ जुलाईमा बाइडेन र घानीबीच १४ मिनेट कुराकानी भएको थियो । उक्त कुराकानीमा उनीहरुबीच अमेरिकाले अफगानिस्तानलाई दिने सैन्य सपोर्टका विषयमा कुराकानी भएको थियो ।

यो फोन भएको २ हप्तापछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानी देशबाट भागेका थिए । १५ अगस्टमा तालिबानले
अफगानिस्तानको राष्ट्रपति कार्यालय कब्जा गरेका थिए । त्यसैको १५ दिनपछि अमेरिकी सेनाले अफगानिस्तान छोडेका छन् ।

तालिवानले अफगानिस्तान पूर्ण रूपमा कब्जा गरेपछि अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका थिए । रसियन राजदूतावासले राष्ट्रपति घानीले चारवटा कार र एउटा हेलिकप्टर भरि पैसा बोकेर अफगानिस्तान छाडेको बताएको थियो ।

 

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?