एमाले सर्वोच्च अदालतमा : को–को विरुद्ध दायर गर्दैछ मुद्दा ?

लोकपथ
468
Shares

काठमाडौं । नेकपा एमालेले सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाएर मुद्दा दर्ता गर्ने भएको छ ।

बुधबार एमालेले संघीय संसदका सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादा उल्लंघन गरेको, एमालेले कारबाही गरेका सांसदलाई निर्वाचन आयोगले सनाखत गरेको र लुम्बिनी प्रदेशका सभामुखले पार्टीले कारबाही गरेका सांसदहरुलाई गरेको कारबाहीको पत्र नपढेको विषयलाई लिएर एमाले अदालत जान लागेका एमालेका प्रमुख सचेतक विशाल भट्टराईले लोकपथलाई जानकारी दिए ।

‘सभामुख निर्वाचन आयोग र लुम्बिनीका सभामुखविरुद्ध एमालेले रिट दिन लागेको छ । संघीय संसदका सभामुखले एमालेले कारबाही सांसदहरुको कारबाही सदर नगरेर आफ्नो पदीय मर्यादा विपरितको काम गर्नुभयो ।’ उनले लोकपथसँग भने- ‘यता निर्वाचन आयोगले एमालेले कारबाही गरेका सांसदहरुलाई अन्य दलमा सनाखत गरी पार्टी फुटाउन प्रोत्साहन गरेको देखिन्छ । र लुम्बिनी प्रदेशमा पनि सभामुखको भूमिका विभेदकारी देखिएको कारणले हामी अदालत जान लागेका हौँ’ ।

सम्पूर्ण कागजपत्रहरुसहित कानुन व्यवसायीहरु अदालत पुगिसकेको र मुद्दा दर्ता हुने प्रक्रिया सुरु भएको नेता भट्टराईले बताए ।

एमालेले पार्टी विधान विरुद्ध काम गरेको भन्दै तत्कालिन एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको थियो । तर सभामुख सापकोटाले उक्त कारबाही गर्न नमिल्ने भन्दै फर्काइदिएका थिए । भने एमालेसँग रुष्टिएमा नेपालसहितले गठन गरेको नयाँ दललाई निर्वाचन आयोगले मान्यता दिएको थियो । त्यसबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले कटाक्ष गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?