कुटपिटबाट महिलाको मृत्यु

RSS
63
Shares

सिरहा । सिरहाको कल्याणपुर नगरपालिका– ९ डुमरीमा आज बिहान दुई परिवारबीच विवाद हुँदा एक महिलाको मृत्यु भएको छ ।

सामान्य विषयलाई लिएर दुई परिवारबीच विवादसँगै कुटपिट हुँदा स्थानीयवासी ६५ वर्षीया भालसैरदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विवाद बढ्दै गएपछि भएको कुटपिटमा भारसैरदेवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए। भारसैरदेवीको मृत्यु भएलगत्तै कुटपिटमा संलग्न भएको आरोप लागेका जयकुमार र श्रीदेव फरार भएको उपरीक्षक बुढाथोकीले बताए ।

भारसैरदेवीको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?