प्रदेश १ : एमालेका ७ सांसदले गरे एकिकृत समाजवादीको पक्षमा सनाखत (नामसहित)

लोकपथ
1.2k
Shares

विराटनगर । प्रदेश १ मा नेकपा एमालेका ७ जना सांसदहरुले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

राजन राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरिसकेका छन् ।

उनीहरुले बुधबार प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरेका हुन् ।

९२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ५१ सांसद छन् । त्यस्तै प्रदेशमा नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीमा ३ र अन्य दुई साना दलमा १–१ जना सांसद छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?