तालिबानसँग अन्तर्वार्ता लिएकै कारण ज्यानको खतरा भएपछि अफगानी पत्रकारले छोडिन् देश

लोकपथ
3k
Shares

काठमाडौं । अफगानिस्तानको टोलो न्यूजकी प्रस्तोता बेहेस्ता अर्घान्डले तालिबानले अफगानिस्तान कब्जा गरेको केही दिनपछि तालिबानको अन्तर्वार्ता लिएकी थिइन् ।

अन्तर्वार्ता पछि उनले आफूलाई ज्यानको खतरा भएको महसुस गरेपछि अन्तर्वार्ताको केही दिनपछि अफगानिस्तान छोडेकी थिइन् । हाल उनी कुन देशमा छिन भन्ने उनले उल्लेख गरेकी छैनन् ।

उनले देशबाट भागेपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीसँग कुराकानी गर्दै तालिबानको अन्तर्वार्तालिएकै कारण आफ्नो ज्यान खतरमा रहेको र आफूले देश छोड्न परेको बताएकी छिन् ।

उनले बीबीसीसँग बोल्ने क्रममा आफ्नो देशमा भइरहेको काम छोडेर यसरी अन्य मुलुकमा आउनु पर्दा धेरै दुख लागेको बताएकी छिन् ।

No description available.

उनले भनेकी छिन् ‘म जस्तै धेरै पत्रकारहरु देश छोड्न बाध्य भएका छन् । मलाई धेरै दुख लागेको छ । घर परिवार समाज काम सबै छोडेर अर्को मुलकमा आएर बस्नुपर्दा धेरै दुख लागेको छ । तालिबानहरुले भने जस्तै आफ्नो प्रतिवद्धता पुरा गरे फेरी पनि देश फर्किन्छु ।’

No description available.

तालिबानले अफगानिस्तान कब्जा गरेपछि बेहेस्ता अर्घान्ड जस्तै धेरै पत्रकार लगाएत अन्य धेरै मानिसहरुले अफगानिस्तान छोडेका सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?